७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए स्कटल्यान्ड राज्य समिति खारेजीको माग (अडियो)

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७५, शनिबार १०:११

कृष्ण देवकोटा । ग्लास्गो– गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको स्कटल्याण्ड राज्य समिति गठनसँग विवादमा परेको छ । समिति गठन गर्न गत सोमवार स्कटल्यान्डमा भेला आयोजना गरिएको थियो । उक्त भेलाले समिति गठन गर्न नसकेपछि भोला खनाललाई संयोजक तोकियो । संघले एकपक्षीय रुपमा २१ सदस्यीय तदर्थ समिति गठन गरेपछि विवाद सुरु भएको हो । समिति घोषणा गरेसँगै अधिकाशले राजीनामा दिन थालेको नवगठित समिति सदस्य कृष्ण देवकोटाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपानेद्वारा एनआरएनएका प्रमुख संरक्षक, संरक्षक र सल्लाहकारलाई सम्वोधन गर्दै पत्र लेखेका थिए । उक्त पत्र स्कटल्याण्ड राज्य समिति गठन गर्न बनाइएको भाइभर समूह (एनआरएनए) स्कटल्यान्ड एसेम्वलीमार्फत् सार्वजनिक भएको थियो ।

संघले तोकेको कार्यसमितिमा रहेका उपाध्यक्ष यज्ञमूर्ति ढकाल, सदस्यहरु कृष्ण देवकोटा, मनिष खत्री र दिलाराम गैरेले असहमति जनाउँदै राजीनामा दिएको बुझिएको छ ।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए युके उपाध्यक्ष ललितकुमार न्यौपाने, महासचिव आरके त्रिपाठी सहभागी भएको भेला निष्कर्षविहीन भएको थियो । महासचिव त्रिपाठले केन्द्रीय समितिको बैठकले निर्णय गर्ने भन्दै भेला टुंग्याएका थिए ।
एनआरएनको विधान उल्लंघन भएको राजीनामा दिनेहरुले बताएका छन् । उनीहरुले संघको विधानमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै धारा २७ संशोधन गरी निर्वाचन गर्नसमेत माग गरेका छन् ।