१५ चैत्र २०८०, बिहीबार
Follow Us

अल्डरसटबाट एक महिना देखि बेपत्ता पूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिए

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७५, शनिबार ११:१३

लण्डन । बेलायतको अल्डरसटबाट करिब एक महिना अघि बेपत्ता भूतपूर्व गोरखा सैनिक मृत अवस्थामा भेटिएका छन् ।
७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत महिनादेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको थियो । रसमोर ग्रेटर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासेका अनुसार उनलाई शुक्रवार प्रहरीले सरे एरियामा मृत अवस्थामा भेटेको हो । विस्तृत विवरण आउन बाँकी छ ।

लामो समय देखि राई साथीभाइ र परिवारजनसित सम्पर्कविहीन हुँदा उनको खोजीमा प्रहरीको लागि चुनौति बनेको थियो । उनको खोजीमा स्थानिय प्रहरी, सेना र कुकुरको समेत प्रयोग गरिएको थियो ।