८ बैशाख २०८१, शनिबार
Follow Us

सरकारले न्यायालयलाई ‘लाचार छायाँ’ बनाएको कांग्रेसको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७५, शनिबार १४:३५

काठमाडौं । नेपाली कांग्रेसले सरकारले न्यायालयलाई लाचार छायाँ बनाएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय नियन्त्रणमा लिने प्रयासमा सरकार लागेको आरोप लगाएको हो ।

संसदीय सुनुवाइ समितिमा गरिएको निर्णयले राज्यका सबै अंगलाई सरकारले सत्ताको मातहतमा राख्न खोजेको देखिएको निचोड कांग्रेसले निकालेको हो । संसदीय समितिमा कांग्रेसले बहिष्कार गर्नुपरेको विषयमा सांसदहरुले नेताहरुलाई जानकारी गराएका थिए । संसदीय समितिले प्रधान्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गर्दा कांग्रेसले बैठक बहिष्कार गरेको थियो ।