१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई तिहाइ नपुग्ने देखेपछि मोर्चा अलमलमा

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार ०६:०१

काठमाडौं ।प्रधानमन्त्रीको भारत भ्रमण अघि संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने लगभग पक्का भएसंगै संसदमा दुई तिहाइ नपुग्ने देखेपछि मधेसी मोर्चा नै अलमलमा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने लगभग पक्का भएको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा बढेपछि दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि नबढाउने मनसायमा सत्तारुढ नेताहरू पुगेका हुन् ।

औपचारिक र अनौपचारिक छलफलमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाउने तयारी गरेका थिए । तर प्रमुख प्रतिपक्षी एमाले संशोधनको पक्षमा नदेखिएपछि संशोधन प्रस्तावबारे दलहरु अघि बढ्न सेकनन् ।

प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको गठन र प्रादेशिक भाषालगायत विषयमा संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनेको छ ।