१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकारिता तालीम समापन

sarusaru
२० श्रावण २०७५, आईतवार ०२:३३

बुटवल – बुटवल उपमहानगरपालिका र पानस फाउण्डेशन नेपालद्वारा संयुक्तरुपमा सञ्चालित पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रशिक्षार्थी प्रमाणपत्र वितरण गर्दै सञ्चारकर्मीले सत्यतत्य एवं इमान्दारीका साथ जनतालाई सुसूचीत गरी पत्रकारिता पेशाको मर्यादा कायम राख्नुपर्ने बताउनुभयो ।

पानस नेपालका सचिव प्रदीप आचार्य र सञ्चारकर्मी इन्दिरा अर्यालले पत्रकारिता पेशालाई मर्यादित बनाउँदै जनताको हकहित तथा महिला अधिकारका विषयमा कलम चलाउन आग्रह गर्नुभयो ।

एकमहिने उक्त तालीममा महिला र पुरुष गरी ३० जनाको सहभागिता थियो ।
रासस