१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७५, आईतवार ०६:५८

वालिङ । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।