१३ बैशाख २०८१, बिहीबार
Follow Us

युएईमा आममाफी : २ दिनमा २४ नेपाली घर फर्किए

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७५, आईतवार ०७:०४

युएई । युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् ।

विभिन्न कारणले गैरकानुनी रुपमा युएईमा बस्दै आएका २४ जना नेपाली प्रक्रिया पुरा गरि नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ ।नेपाल फर्कने २४ जनामध्ये ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन ।

साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्छन् । अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा देखिन्छन् ।