७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेयर बिध्या सुन्दर शाक्यसंग जापानमा अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७५, आईतवार ०९:१५

कुमारबज्र । टोकियो ।जापान भ्रमणमा रहनुभएका काठमाण्डौ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य तथा जापानमा रहेका नेपालीहरु विच अन्तरक्रिया,स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

मेयर शाक्य फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान आईपुग्नु भएको हो । जापानको फुकुओकामा एसिया प्यासिफिक सिटी समिट(२०१८ को कार्यक्रममा सहभागि हुन फुकुओका आउनु भएका मेयर शाक्य संगको उक्त कार्यक्रम वर्ल्ड नेवास्अर्गनाइजेसन जापानको व्यवस्थापन र क्युस्यु कार्यसमिति द्वारा अगस्त ३ तारेख शुक्रवार श्री गणेश रेस्टुरेन्ट हकातामा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै काठमाण्डौका मेयर शाक्यले

नेपालीले विदेशमा मिहिनेत गरिरहेको उल्लेख गर्दै नेपाली श्रम, सीप र पुँजीलाई नेपाल भित्र्याउन आफूले पनि पहल गर्ने प्रतिवद्धता जनाए ।

समिटमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती व्यवस्थापन विषयमा छलफल भएको छ । शहरहरुमा हुनु पर्ने न्यूनतम आधारहरु, विकासका सूचकहरु लगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकोले समिटमा सहभागिता महत्वपूर्ण भएको सहभागीले बताए ।

वर्ल्ड नेवाअर्गनाईजेशन जापान ,क्युस्युको सचिब आशिस खड्कीको बिशेष पहलमा

काठमाण्डौको मेयर शाक्यसँग फुकुओकामा रहेका नेपाली व्यवसायी, विद्यार्थीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका थिए।

उक्त दिन युवा व्यसायी छत्र दाहालको आयोजनामा श्री गणेश रेस्टुरेन्ट हकातामा डिनर तथा भेटघाटमा कार्यक्रम पनि सम्पन्न गरिएको छ ।