७ बैशाख २०८१, शुक्रबार
Follow Us

जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो, उद्धार कार्य जारी

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७५, आईतवार १२:५३

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटी बजारमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा एकै परिवारका ४ सहित ९ जनाको मृत्यु भएको हो । पहिरोले लालबहादुर लोहारका श्रीमती, तीन छोरी र तिर्थ बोहरको छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा लोहरकी श्रीमती सितली, छोरीहरु रञ्जना, मनिषा र भगवती रहेका छन् । त्यस्तै बोहराको छोरी नोजमा बोहराको पहिरोमा परिएर मृत्यु भएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।

तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरो आउँदा तिर्थको घरमा डेरा गरि बस्ने लालबहादुरको परिवार पुरिएको हो । लालबहादुरको भने जिवित्तै उद्दार गरिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै गोपालको घरमा पहिरोमा पुरिएर डेरा गरि नै बस्ने ५ जना भन्दा अझै बढी बेपत्ता भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । उनीहरुको खोजीकार्य भईरहेको छ । उद्दारको लागी अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।