७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस मन्त्रीलाई सभापति देउवाको निर्देशन

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार ०९:३८

काठमाडौं । कांग्रेस सभपाति शेरवहादुर देउवाले संबिधान कार्यान्वयन र जनताले महशुष गर्ने किसिमका काम गर्न सरकारमा सहभागि कांग्रेसका मन्त्रीलाई निर्देशन दिएका छन् । आज विहान आफ्नै निवास बुढानिलकण्ठ बोलाएर सरकारमा सहभागि सबै मन्त्रीलाई पुननिर्माण, संबिधान कार्यान्वयन र जनअपेक्षा सम्वोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । कांग्रेस, माओवादीको गठवन्धन आगामी निर्वाचनसम्म कायम रहने भन्दै देउवाले एकलौटी भन्दा संयुक्त सरकारको भावना अनुसार काम गर्न निर्देशन दिएको बैठकपछि कांग्रेसका मन्त्रीहरुले जानकारी दिए । छलफलमा कांग्रेसका मन्त्रीहरुले भने केही दिन अघि सरकारका तर्फबाट संसदमा गरिएको संबोधनमा छलफल नगरिएको र प्रधानमन्त्रीले केही विषयमा एकलौटी काम गरेको गुनासो गरेका थिए । सरकार गठन भएपछि पहिलो पटक देउवाले सबै मन्त्रीलाई बोलाएर छलफल गरेका हुन् । छलफलमा कांग्रेसबाट सरकारमा प्रतिनीधित्व गर्ने सबै मन्त्रीहरु सहभागि थिए ।