१२ बैशाख २०८१, बुधबार
Follow Us

बलात्कारको आरोपमा होटल संचालक पक्राउ

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७५, आईतवार १२:५५

कैलाली । तेह्र बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीमा एक होटल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका तीन चिसापानीस्थित पुजा होटलका संचालक बसन्त बुढा रहेका छन् ।

साउन सत्र गते भाञ्जी नाता पर्ने तेह्र बर्षिय बालिकालाई होटलको बाथरुममा बलात्कार गरेको उजुरी आफन्तले दर्ता गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयानमै बुढाले बलात्कार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेका बुढालाई जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको छ । कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण विहीबार घटेको घटना शनिबार बालिकाले आमालाई भनेपछि मात्रै सार्वजनिक भएको प्रहरीको भनाइ छ ।