१३ बैशाख २०८१, बिहीबार
Follow Us

गंगामायाका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७५, आईतवार १३:१८

काठमाडौ । नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ ।लामो समयदेखि सम्पर्कविहिन अधिकारी आफैले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरीमा खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।

कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनशन बसेकै क्रममा नुरप्रसाद लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।पतिको निधनपछि पनि दोषीलाई कारबाही माग गर्दै आमा गंगा माया अनशन बसेकी थिइन् । उनको अनशन पनि यही असार ३० गते तोडिएको थियो ।

सरकारले दुई बुँदे सहमति गरेपछि गत जेठ १५ गतेदेखिको आमरण अनशन उनले तोडेकी थिइन् । सम्झौतापत्रमा गंगामायाले आफ्नो छोरालाई खोजिदिनु पर्ने पनि माग थियो । त्यही अनुसार सरकारले नुरप्रसादको खोजी थालेको थियो । कृष्णप्रसाद हत्याको अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।