७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी इन्काउन्टरमा अपहरणकारीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७५, सोमबार १०:१६

काठमाडौं । काँडाघारीबाट आइतबार अपहरणमा परेका बालक मृत अवस्थामा फेला परेका छन् । ११ वर्षीय बालक निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरण गर्ने दुई जनालाई पनि प्रहरीले इन्काउन्टर गरेको छ ।

प्रहरीको इन्काउन्टरबाट अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ घाइते भएका थिए । उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा भक्तपुरको ठिमीमा दोहोरो फायरिङ भएको हो।

उनीहरु आइतबार दिउँसो नै बालकको आमाले सञ्चालन गर्ने खाजा पसलमा आएर बसेका थिए। साँझ बच्चालाई घुम्न भनेर लिएर गई अपहरण गरेका थिए । अपहरणपछि उनीहरुले ४० लाख फिरौती मागेका थिए । त्यसको खबर पाएपछि प्रहरी तत्काल गोप्य रुपमा अनुसन्धान गरेको थियो ।