१५ चैत्र २०८०, बिहीबार
Follow Us

गल्कोट समाज युकेको अध्यक्षमा राजु कंडेल निर्विरोध

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७५, सोमबार १३:५३

कृष्ण देवकोटा । ग्लास्गो । गल्कोट समाज युकेको अध्यक्षमा राजु कंडेल निर्विरोध भएका छन् । समाजको वर्मिंघम स्थित युउ ट्री रेस्टुरेण्ट एण्ड वारको सोमवार सम्पन्न अधिवेशनले कंडेललाई निर्विरोध चयन गरेको हो ।
यस्तै उपाध्यक्षहरु भोज राज कंडेल, गोविन्द राम ,तुलक रेग्मी, सचिव दिलाराम गौतम, सहसचिव सुजन गौतम ,कोषाध्यक्ष चन्द्र शाहनी, सहकोषाध्यक्ष लिलवहादुर खत्री र सदस्यहरु क्रमश पुष्प उप्रेति,वद्री गौतम, राम थापा, सुरेश भन्डारी,किसान खत्री,विष्णु श्रेष्ठ ,श्याम खत्री, शुशिला गैरे, राजुसाहनी, रन्जीला साहनी ,दिलाराम गैरे, देवीलाल गैरे, रुद्रलाल गैरे,थमन खड्का ,लक्ष्मण भण्डारी,जीवन भन्डारी, तोरण राज मल्ल, दुर्गा खड्का ,मंगला वस्नेत, धनवगादुर क्षेत्री, दीपक साहनी, डिम्पालाल गैरे र धन वहादुर केसी चयन भएका छन् ।

उनीहरुलाई दयानिधी सापकोटासहितको पाँच सदस्यीय निर्वाचन समितिले सफथ गराएको थियो ।

सभालाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष रेसम वहादुर वुढाथोकीले आफ्नो कार्यकाल सफलवनाउन सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गरे ।

प्रमुख अतिथि दयानिधि सापकोटाले गल्कोट समाजसंग आफ्नो वाल्याकालको सम्वन्ध रहेको जनाउँदै गल्कोट समाजले गरेको कार्यको प्रसंशा गरे ।

त्यसै गरी भेलालाई रणवहादुर केशी, प्रसान्त ढकाल, काशी शर्मा, तारानाथ भन्डारी, पशुपति पोखरेल, हीरालाल खरेल, ध्रुव दत्त अधिकारी लगायतले सम्वोधन गरेका थिए ।

गंगा गौतमले स्वागत मन्तव्य दिएका थिए भने रुवीका वस्नेत र आकृति थापाले नृत्य देखाए ।

समाजका सचिवद्वारा समाजले गरेका प्रगति विवरण र कोषाध्यक्षद्वारा आर्थिक विवरण प्रस्तुत गरियो । दुवै प्रतिवेदनलाई साधारणसभाले सर्वमम्मतले पारित गरेको थियो ।