१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बालिका बलात्कारको आरोपी पक्राउ

sarusaru
२२ श्रावण २०७५, मंगलवार ०२:५६

भद्रपुर – चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तको खोजी शुरु गरेपछि गजमेर फरार थिए । प्रनाउ कोइरालाले अभियुक्त गजमेरलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
रासस