४ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वी नेपालका नौं जिल्लामा बन्द आब्हान

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७५, मंगलवार ०५:२७

पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आज पूर्वी नेपालका ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्द आह्वानका कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभावित बनेको छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै विरोधमा परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्ने गर्दछ । बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् ।

शैक्षिक संस्था तथा कलकारखाना पनि बन्द भएका छन् । एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।