७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुपरस्टारको लागि ३० लाख रुपैंयाको अक्षय कोष सार्बजनिक

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७५, मंगलवार ०९:५६

कुमारबज्र,टोक्यो । नेपाल भाषा फिल्म क्षेत्रको कलाकारहरुलाई प्रोत्साहन दिनकोलागि ग्लोबल नेपाःनेटवर्क अभियान अन्तर्गत वर्षको एक जना पुरुष र एक जना महिला कलाकारहरुलाई एक एक लाखको अवार्ड दिने भएको हो ।

काठमाडौको क्षेत्रपाति पार्टी प्यालेसमा गत जुलाई २१ तारेख शनिवारको दिन ग्लोवल नेपाः नेटवर्क परिचयात्मक कार्यक्रममा उक्त नेटवर्क अभियान अन्तर्गत ग्लोवल नेपाःसुपरस्टार अवार्ड सार्वजनिक गरेको हो ।

कार्यक्रममा जापानमा बसेर नेपालभाषा कला संस्कृतिको सरंक्षण गर्न सक्रिय भूमिका खेल्नु हुने ग्लोबल नेपाः नेटवर्कका संयोजक सुनिल कुमार शाक्यको पहलमा ग्लोबल नेपाः सुपरस्टार अक्षय कोष अभियान संचालन हुने भएको छ ।
ग्लोबल नेपाः सुपरस्टार अक्षय कोष तीस लाख रुपैंयाको हुनेछ । उक्त अभियानलाई सफल तुल्याउन देश बिदेशका सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरिएको छ । उक्त कोषमा एक लाख वा सो भन्दा बढी रुपैंयाको सहयोग गर्नु हुने सम्पूर्ण दाताहरु ग्लोबल नेपाःसुपरस्टारको आजीवन संस्थापक सदस्य हुने र उहाँहरुको योगदानलाई बिशेष कदर एवं सम्मान गर्दै प्रत्यक वर्ष दिईने उक्त अवार्ड उहाँहरुको हातबाट नै दिईने छ ।

यसरी नेपाल भाषा फिल्म क्षेत्रमा पहिलो पटक यति ठुलो राशिको अवार्डलाई सफल तुल्याउन उक्त अवार्डको व्यवस्थापनको लागि नेपाल भाषा फिल्ममा सक्रिय कलाकार निर्देशक सुरेन्द्र तुलाधरको अध्यक्षतामा सात सदस्यीय ग्लोबल नेपास्सुपरस्टार फाउण्डेशन गठन गरिएको छ ।

त्यस्तै उक्त फाउण्डेशनको उपाध्यक्षमा निलरत्न शाक्य ,सचिवमा रुमन जोशी ,कोषाध्यक्षमा सुधा डंगोल र सदस्यहरुमा प्रमिला शाक्य, राजीवमान शाक्य, अजयरत्न शाक्ययात रहनु भएको छ ।