१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रक स्टार प्रशान्त राज बानियाँ म्यूजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७५, मंगलवार १०:१५

लण्डन । डेनमार्कको नेपाली समुदायमा लोकप्रिय पप रक विधाका चर्चित गायक प्रशान्त राज बानियाँले बितेका दिनहरु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
बुढासुब्बा डिजिटल प्रालिको आधिकारिक युटुव चानल मार्फत सार्वजनिक गरिएको हो । कोपेनहेगनमा हुने स्टेज सोहरुमा धमाकेदार प्रस्तुति दिने गरेका बानियाँले साँगितिक यात्रालाई श्रव्य दृश्य विद्युतीय संसार तर्फ अगाडि बढाएका छन ।

बानियाँको आफ्नै आवाजमा रहेको उक्त गीतको शब्द रचनामा कुमार लामा र संगीतमा सुमन तामाँगसग सहकार्यता रहेको छ । डेनमार्क र स्विडेनको सुन्दर तटीय क्षेत्रहरुमा छायाँकन गरिएको भिडियोमा तेन्जिँग भिक्टर शेर्पा, नमु अधिकारी र नन्दिता महर्जनको अभिनय र निर्देशन,छायाँकन, सम्पादन गणेश खड्काको रहेको छ ।