६ बैशाख २०८१, बिहीबार
Follow Us

डाक्टरसहित चारजना विरुद्ध मुद्दा दर्ता

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार १४:४९

काठमाडौं । नेपालमा कतिसम्म भ्रष्टचार हुँदो रहेछ भन्ने कुराको एउटा सानो उदाहरण भेरी अञ्चल अस्पताललाई हेरे पुग्छ । जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने डाक्टर र अस्पताल प्रशासन कतिसम्म भ्रष्ट रहेछन भन्ने कुरा सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पतालका डाक्टरसहित ४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो ।
पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा भेरी अञ्चल अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर सुवेदीसहित चारजना कर्मचारविरुद्ध मुद्दा दायर भएको छ । निमित्ति मेडिकल सुपरिटेन्डेन्ट सुवेदी, शाखा अधिकृत स्टोर किपर माधवप्रसाद ज्ञवाली, लेखापाल मनिराम बर्मा र लेखा अधिकृत पदमबहादुर जिसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले सुपरिटेन्डेन्ट सुवेदीसँग ४२ लाख ९० हजार ८ सय १६, लेखापाल बर्मासँग ४२ लाख ३ हजार ८ सय १६ बिगो माग गरेको छ । त्यस्तै, शाखा अधिकृत ज्ञवालीसँग २१ लाख २ हजार १ सय ५२ र लेखा अधिकृत जिसीलाई ८७ हजार बिगो जरिवाना गर्न माग दाबी गरिएको छ । आरोपीले आर्थिक वर्ष २०७० र ७१ मा भेरी अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाई लगायत अन्य विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी लाखौं भ्रष्टाचार गरेको अख्तियारले दावी गरेको छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले औषधि, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिद गरी अस्पताल तथा विकास समितिको रकम हिनामिना गरेको र सरकारी डाक्टरले निजी अस्पताल चलाई सरकारी अस्पतालमा कम समय दिएको उजुरीका आधारमा उनीहरुलाई अख्तियारले कारबाहीको दायरामा ल्याएको बताएको छ ।