१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७५, शुक्रबार १५:४४

काठमाडौं । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई फाउण्डेशन नेपाल र राम प्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री ओलीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा जन नायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताउनुभयो ।
यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए पनि विविध कारणले निर्णय हुन सकेको थिएन ।