१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कतारमा कोहलपुर एक्सप्रेस फिल्म केकी र रीमा विश्वकर्मासँग हेर्न पाइने

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७५, मंगलवार १५:४२

दोहा– नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शक हरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रबेश गराउने भएका छन ।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रीमा समेत कतार आउँदै छिन ।
कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका, ऋचा, बुद्धी तामाङलगायतले अभिनय रहेको छ । राजनराज सिवाकोटी, कालिप्रसाद तथा अर्जुन पोख्रेलले सँगीतबद्ध गरेका छन भने चलचित्रकासबै गीत हिट छन । कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैयाको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ । केकी र रीमासँगै बसेर चलचित्र हेर्ने व्यावस्था मिलाइएको घिमिरेले बताए ।