१६ चैत्र २०८०, शुक्रबार
Follow Us

न्यायापालिकाको रक्षाका लागि काँग्रेस क्रियाशील हुने

sarusaru
२३ श्रावण २०७५, बुधबार ०३:४०

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने गरेको हो ।

संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउनु भएका काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पगेँनीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । पगँेनीको यही साउन २० गते असामयिक निधन भएको थियो ।

यस्तै काँग्रेस नुवाकोटका पूर्वमहासमिति सदस्य विष्णु आचार्यको गत साउन १३ गते भएको असामयिक निधन र काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत साउन ९ गते भएको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेसले ती मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रासस