७ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लव नेतृत्वको (नेकपा) का प्रवक्ता विश्वकर्मा पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७५, बुधबार ११:०६

काठमाडौं । काठमाडौंको नागढुंगाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोले विश्वकर्मासहितका केन्द्रीय नेताहरु पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ ।

प्रहरीले जनाए अनुसार बिष्फोट तथा चन्दा असुली मुद्दामा प्रकाण्ड फरार रहेकाले पक्राउ गरिएको हो । प्रकाण्ड माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए । काठमाडौं परिसरका डिएसपी मोहन थापाका अनुसार विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई चाल्नाखेलबाट पक्राउ गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । पक्राउ परेका प्रकाण्डसहितका सबैलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका प्रकाण्ड पछि विप्लवतिर लागेका थिए । अहिले उनी सो पार्टीको प्रवक्ता छन् । प्रहरीले प्रकाण्डलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ ।