१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक : जिल्ला र भ्रातृ संस्था एकीकरणको मापदण्ड बनाइने

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७५, बुधबार ११:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन बिस्तारका बारेमा छलफल भएको छ । सचिवालय बैठकमा जिल्ला र भ्रातृ संस्था एकीकरणको मापदण्ड तयारीबारे छलफल भएको थियो । तर त्यसबारे कुनै निष्कर्ष निकाल्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा सांगठनिक एकीकरण टुंग्याउन कार्यसूची निर्माणका बारेमा पनि छलफल भएको थियो । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले अर्को बैंठक बिहिबार बस्ने र पार्टीको स्थायी समिति बैंठक चाडै डाँक्ने निर्णय भएको जानकारी दिए । बैठकमा सरकारले गरेका कामको समीक्षा समेत भएको थियो ।