१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७५, बुधबार १५:३२

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन गरेको संयन्त्रअनुसार निर्वाचित भएको मितिले आगामी भदौ २ गते केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुँदैछ ।

महाधिवेशन हुन सक्नेगरी पर्याप्त तयारी नभइसकेको सन्दर्भमा संघको विधानमा उल्लेखित प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था छ । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले सो प्रावधान लागू गर्नुपर्ने आवश्यकताअनुरुप कार्ययोजना पेश गर्न आज निर्देशन दिएको पार्टीले जनाएको छ ।