११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन मध्यपूर्व अगष्ट २३–२५ सम्म हुने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७५, बुधबार २०:१७

यूएई, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्वको सम्मेलनको तयारी युएईमा तीब्र भईरहेका आयोजक समितिले बताएको छ ।

आगामी अगष्ट २३–२५ सम्म हुने सम्मेलन बैदेशिक रोजगारिको समस्याहरुको बिषयमा केन्द्रीत हुने बताईएको छ ।

सम्मेलन युएईको ब्यापारिक शहर दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने आयोजकले बताएको छ ।

एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उपसमिति निर्माण गरेको छ ।
जसका लागि मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरु सक्रिय रहेका छन् ।

अहिलेको मध्य पूर्व भेलाले श्रमिक र मध्य पूर्वका समस्याका बारेमा ठोस कुराहरु सरकारसम्म पु¥याउँदै समस्या समाधानमा पहलकदमी लिन सक्ने सम्भावानाको रुपमा समेत हेरिएको छ ।

भिजिट भिषा, घरेलु कामदारलगायत विभिन्न समस्या रहेको मध्य पूर्वमा विश्वभरका एनआरएनएहरु र सरकारी तहबाट समेत हुने प्रतिनिधित्वले केहि हदसम्म भए पनि यहाँका समस्यालाई हल गर्ने अनुमान गरिएको छ ।