१३ बैशाख २०८१, बिहीबार
Follow Us

चित्त नबुझे अनुशासन समितिमा जान एनआरएन केन्द्रिय सदस्य सिम्खडाको चुनौती

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७५, बुधबार २१:२५

लन्डन । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा आसन र भासण पर्याप्त नपाएको भन्दै बिरोधपत्र जारी गर्ने एक समूहलाई चित्त नबुझे अनुशासन समितिमा जान सुझाइएको छ । संघका केन्द्रिय सदस्य रामशरण सिम्खडा एक पत्र मार्फत सो सुझाव दिएका हुन् ।

सिम्खडाद्वारा जारी पत्र जस्ताको तस्तै

विगत १५ बर्षको ईतिहासमा गैरआवासीय नेपाली संघ भरपर्दो र प्रवासमा रहने सबैले आशाको नजरले हेरिने संगठनका रुपमा विकसित भएको छ । त्यसमा धेरै अग्रजको पसिना त सिँचित छ नै वर्तमानका जुझारु नेतृत्वको पनि कठोर मेहनत संलग्न छ ।

प्रायः कार्यक्रमपश्चात् सबै खाले टिकाटिप्पणी आउँछन् त्यसलाई सकारात्मक र सुधारको लागि ग्रहण गर्नु आयोजकको कर्तव्य ठहर्दछ । ११औं यूरोपियन बैठक र ९औं महिला बैठकपश्चात् पनि केही आए । जुन आफैमा सुधारको लागि भनी प्रेषित गरियो, यी नै कुरा सम्बन्धित सरोकारवालासँग पहिले राख्नु भएको भए कति सभ्य र संस्थाप्रति चिन्तित देखिन्थ्यो होला ?

यदि आयोजक समिति (युरोप) को कमिकमजोरी भए उपल्लो निकायले नियमन गथ्र्यो, केन्द्रकै ‘हस्तक्षेप’ भएको भए त्यसको पनि उपचारको विधि तय भएका छन् । उठाइएका विषयवस्तु ठीकै होलान (नहोलान्–समीक्षा गरौंला) । तर हामी थोरै सम्यमित र परिपक्व हुँदै समीक्षा बैठक, त्यसले पनि सुनुवाई गरेन भने केन्द्रले पनि उपेक्षा गरे संस्थालाई ठूलै हानी पु-याउने अक्षम्य अपराधै हो ।

अनुसाशन समितिसम्म पनि आफ्ना कुरा राख्ने नैसंगिक अधिकार हुँदाहुँदै कतिपयको सहमतिमा वा असहमतिमा नाम राखी समूहमा एकांकी तरिकाले विरोध गर्नाले संगठनलाई कहि कतै फाइदा पुग्ने देखिन्न ।

यो संगठन सञ्चालनको पद्धतिमा कतै मेल पनि खाँदैन । भर्खरै यूरोपको नेतृत्व गरिसक्नु भएका ‘आदरर्णीय’ व्यक्तिको समेत परोक्ष चाहानामा यस्ता गतिविधिले न त आयोजकको शाख बढ्छ न तपाई हामी कसैको नै ? यद्यपि म सो समितिमा थिइन । प्रायसः दैनिकीजसो सचिवालयको बैठकमा छलफल हुन्थे रे । पटक पटक कार्यक्रमको रुपरेखा पठाइएको संयोजकज्यूको दाबी छ । कतै हामी सुझाब दिन पो चुक्यौकी ? कार्यक्रम भब्यरुपले सम्पन्न भएको भन्ने कुरामा प्रायः सबै सहभागीहरुको मत छ ।

पहिले २ घण्टामा सकिने एनसीसीको रिपोर्टिङ ४ घण्टाभन्दा बढी समय संचालन गरिएको छ । केन्द्रीय अध्यक्ष, महासचिब, आरसी तथा संरक्षकज्यूहरुबाट उद्घाटन सत्र डेढ घण्टामा सकाउनु पर्न निर्धारित निर्देशनको पालना गर्दा केही कमी कमजोरी भए होलान न त त्यो कुनै अक्षम्य हो न त नियोजित नै । लामो बक्ताको लिस्ट हुँदाहुँदै पनि दिइएको समयभन्दा १० मिनेट मात्र सत्र लम्बियो ।

यसक्रममा एकजना मित्रको नाम छुटेकोमा पछि क्षमायाचनासहित सच्याइएको रेकर्डिङ छ । न त सचिबज्यूको नाम छुटाइएको छ न उपाध्यक्षको नेमप्लेट नै (फोटो र भिडियो सुरक्षित छ) ।

हालसम्म आयोजक राष्ट्रले उद्घाटन वा समापन समारोहमा अध्यक्षता गर्ने परम्परा छैन (यदि गर्नु उपर्युक्त छ भने छलफल गरौं । हामी यति सामान्य कुरालाई पनि नबुझेझै गर्न मिल्छर ? समुच्चमा पहिलेभन्दा व्यवस्थित व्यवस्थापन देखिन्थ्यो । दिन रात खट्नु हुने आरसीप्रति अगुवाबाटै कुनै सम्बोधन र धन्यबादको एक शब्द छैन । नेपालबाट आउनु भएका प्रमुख अतिथिप्रति एक अक्षर लेख्न हामी कन्जुस्याई गर्छौ । तर, आफ्नो सम्मान नभएको, नेमप्लेट नभएको भन्नसम्म भ्याउछौं । यो आफैमा बिरोधाभाष भएन र मित्र ? हामीले सिकेको पूर्वीय सभ्यताको पहिचान यही हो र ?

सिंगो युरोपियन समिति जसको नेतृत्व गर्नु भएको संयोजक शिव बरुबाल र सहसंयोजक धन्यबादको पात्र त हुनु हुन्छ नै आयोजक राष्ट्रको मेहनत र सालिनताले यस कार्यक्रमको थप उचाइ ग्रहण गरेको छ । बस हामीले यस उपलब्धीलाई सरंक्षण गर्दै प्राविधिक कुरामा अल्झिएर यसलाई नामेट पार्छौ वा सुधारका लागि स्वच्छ रुपमा आलोचना–आत्मआलोचना गछौं । यो हाम्रो बिकेकमा निर्भर रहने कुरा हो ।

हामीमा त्यत्रो कुनै मतभेद भएको बिरोधपत्रमा देख्दिनँ । ति कुरा समीक्षा बैठकमा राखी मन माझामाझ गर्दा सुल्झिने विषयवस्तु हुन । योभन्दा अहम त हाम्रो संगठनले तय गरेको मिसन, भिजन र गोल प्राप्तिका लागि हाम्रो जबर्जस्त एकता नै प्रमुख बिषय होइन र ? हाम्रो यी सामान्य कुरा सामाजिक सञ्जाल र मिडियामा नकारात्मक गरिकाले ‘भाँडभैलो’ को रुपमा आउँदा हामीप्रति ईश्याको नजरले हेरिरहने ‘बर्ग’ हँसाउने न त यहाँको चाहना छ न हामी कसैको नै ।

धन्यवाद ।
रामशरण सिम्खडा