१२ बैशाख २०८१, बुधबार
Follow Us

दाहालको भारत र चीन भ्रमणको मिति तय

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७५, शुक्रबार ११:५६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको भारत र चीन भ्रमणको मिति तय भएको छ । उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ । दाहाल भाद्रको तेश्रो साता भारत तथा असोजको पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् ।

भाद्र २२ देखि २७ सम्म उनी भारत भ्रमणमा जाने तय भएको उनको सचिवालयले जनाएको छ । त्यस्तै, १ असोजदेखि चीनको भ्रमणमा जाने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए । उनी करिब एक साता चीनमा बस्नेछन् ।

नेकपाको एकिकरण पछि दाहाल पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् । दाहालको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि दाहालले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन् ।