४ बैशाख २०८१, मंगलवार
Follow Us

वेस्ट इन्डिजमा चम्किए सन्दीप

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७५, शुक्रबार १५:०७

काठमाडौं । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् । स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् ।

आज बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

१४७ रनको विजय लक्ष्य पच्छ्याउँदै जवाफी मैदानमा उत्रिएको गुयना अमाजोन वारियर्सले १६ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । उनी पाँच हजार अमेरिकी डलरमा उक्त क्लबमा आबद्ध भएका हुन् ।

यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले पहिलो खेलमै विकेट लिन सफल भएका थिए ।