६ बैशाख २०८१, बिहीबार
Follow Us

सत्तारुढ दलकै सांसदले मागे अर्थमन्त्रीको राजीनामा

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७५, शनिबार ०५:४८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागेका छन् । अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उहाँको राजीनामा माग गर्नु भएको हो ।

‘अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’  प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उहाँले भन्नु भयो । अर्थमन्त्रीकै कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गर्नु भएको हो ।

‘चुनाव अगाडि र पछाडि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण आशा र अपेक्षा निराशामा परिणत भएको छ’ उनले बैठकमा आफूले राखेको धारणाबारे उहाँले ‘अहिलेको अर्थमन्त्रीबाट कुनै गुञ्जायस छैन, चेञ्ज गरेर जानुपर्छ’ भन्नु भयो । बैठकमा अन्य सांसदहरुले पनि बजेटबारे गुनासो गरे पनि राजीनामा भने मागेका थिएनन् । ‘अरुले सांकेतिक रुपमा राख्नुभयो, मैले सिधै भनेँ’ सांसद चौधरीले भन्नु भयो ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिनु भएन । उहाँले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिनु भयो ।