१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्रक दुर्घटना, दुईको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७५, शनिबार ०५:५२

काठमाडौं । नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । विहान पौन ५ बजेतिर काठमाडाँै आउँदै गरेको ट्रक जुगेडी पुलबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एक जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको प्रहरीले जनाएको छ ।