१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पश्चिममा ‘भारी वर्षा’को सम्भावना

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७५, शनिबार ०५:५३

काठमाडौं । मौसमविदले आज राति पश्चिम नेपालमा निकै ठूलो वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले आज राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताउनु भयो ।

वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार आज सो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

भोलि दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । भोलि दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।