८ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डलाई भूमिगत गिरोहको भर

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार ०६:१४

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एवं प्रधानमन्त्रीको देखाउने र चपाउने दाँत दुईटा छन् भन्ने भनाइ सबैतिर लागू हुने गरेको चर्चा माओवादी केन्द्रभित्रै हुन थालेको छ । नाम एउटा र काम दुईटा भएका प्रधानमन्त्री प्रचण्डको बुझ्नै नसक्ने कार्यशैली रहेको उनीनिकट नेताहरु गुनासो गर्छन् ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक सल्लाहकारको नियुक्ति चन्द्रप्रसाद खनाललाई दिए पनि वास्तविक र भित्री राजनीतिक सल्लाहकारमा वर्षामान पुनलाई राखेका छन् । उठ्ती, पुठ्ती, नियुक्ति, मोलतोल सबैतिर पूर्व अर्थमन्त्री पनले लामो हात पसार्ने गरेको प्रधानमन्त्रीनिकट बालुवाटार स्रोतको भनाइ छ । प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई अघि सारे पनि वास्तविक र भित्री प्रेस सल्लाहकारमा नयाँ पत्रिकाका अध्यक्ष, प्रवन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटा रहेको गुनासो प्रेस सेन्टर नेपालका पत्रकारहरुले गर्ने गरेका छन् ।

प्रेस सेन्टर स्रोत भन्छ, हरेक साँझ जमघट र अन्तरंग गरेर बस्ने साथीहरुसँग पत्रकार देवकोटाले प्रचण्डको भाषण नै आफैंले लेखिदिएको भन्ने दावी गर्छन् । ठूला घर अगाडिका सडकका खाल्डालगायत धेरै कुरा आफैंले भाषणमा हालिदिएको उनले बताउने गरेको चर्चा पनि माओवादी केन्द्रका पत्रकारहरु गर्दछन् । प्रेस सेन्टरका अध्यक्ष रहेका र जनयुद्धकालभरि प्रचण्डको लाइनलाई समर्थन गरेका पुराना पत्रकार गोविन्द आचार्यलाई भने प्रचण्डको भाषण, कार्यक्रमको मात्र प्रचार गर्ने काममा प्रयोग गर्ने गरेको बताइन्छ ।
– सांघुबाट