१५ बैशाख २०८१, शनिबार
Follow Us

राजा ज्ञानेन्द्रलाई चीनको निम्तो

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार ०६:३६

काठमाडौं । पूर्वराजा ज्ञनेन्द्र शाहलाई छिमेकी मुलक चीनले भ्रमणका लागि निमन्त्रणा गरेको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा शाहलाई छिमेकी मुलुक चीनले पहिलोपटक भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेको हो । तर भ्रमणको मिति भने निश्चित भइसकेको छैन । पूर्व राजाको तर्फबाट कुनै सक्रियता पनि लिईएको छैन । उनी भारतलाई छामेर मात्र अन्तिम निर्णय लिने अवस्थामा रहेको बुझिएको छ ।
पूर्वराजा शाह आगामी असोजको तेस्रो साता सिंगापुर भ्रमणको तयारीमा थिए । निर्मल निवास स्रोतका अनुसार उनी सिंगापुरको काम सकेर चीन भ्रमणमा जाने वा चीन भ्रमणपछि उतैबाट सिंगापुर जाने ? भन्ने समयतालिका निक्र्योल भइसकेको छैन दरवार निकट स्रोतले भन्यो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको सम्भावना नजिकिएकै बेला पूर्वराजा शाहलाई आमन्त्रण गरिनु रहस्यमय मानिएको छ । चीन सरकार र नेपालको राजतन्त्रबीच निकै पुरानो सम्बन्ध थियो । यही सम्बन्धका कारण आफ्ना राष्ट्रपतिको नेपाल भ्रमणअघि केही विषयमा परामर्श लिन पूर्वराजा शाहलाई चीन सरकारले निमन्त्रणा गरेको हुनसक्ने कूटनीतिक मामिलाका विज्ञहरू बताउँछन् ।