१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिनिधिसभा : राणाको निधनमा शोक प्रस्ताव

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७५, आईतवार ०९:२१

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उहाँ विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका थियो । उहाँ नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुनुभएको थियो ।

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो ।