६ बैशाख २०८१, बिहीबार
Follow Us

महानगरपालिकाको कार्यालयमा प्रेसरकुकुर बम विस्फोट

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७५, आईतवार १३:४४

बिराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कार्यकक्षमा आज दिउसो बम बिस्फोट भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडी प्रेसरकुकर बम विस्फोट भएको हो । विस्फोटबाट नगरप्रमुखको कार्यकक्षमा रहेको दराज, सोफा लगायतमा क्षति पुगेको छ । कार्यालय भवनको झ्यालका सिसा फुटेका छन् भने नगरप्रमुख पराजुलीले चढने गरेको को १ झ ४९४ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
विस्फोट हुँदा महानगर प्रमुख पराजुलीको कार्यकक्षमा उपप्रमुख इन्दिरा कार्की लगायत केही जनप्रतिनिधि र सेवाग्राहीसँग छलफल गरिरहेका थिए । सेवाग्राहीसँग छलफल गरिरहेको समयमा एक्कासी ठुलो आवाजमा विस्फोट भएपछि मानवीय क्षति भने नभएको नगरप्रमुख पराजुलीले जानकारी दिए ।
विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । विस्फोटका बारेमा थप अनुसन्धान भैरहेको विराटनगर प्रहरीले जानकारी दिएको छ ।