१५ चैत्र २०८०, बिहीबार
Follow Us

केही सञ्चार माध्यमले दायित्व भुलेर जथाभावी गरे : प्रम ओली

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७५, आईतवार १३:५०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै खतरा नहुने बताएका हुन ।

लोकतन्त्रकै लागि नेकपा स्थापना भएको, आफू १४ वर्ष जेल बसेको भन्दै उनले लोकतन्त्रलाई खतरामा पर्न नदिने प्रतिबद्धतासमेत जनाए । प्रधानमन्त्री ओलीले माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको गुनासो पनि गरे ।

नेकपाको सरकारले लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन नगर्ने भन्दै त्यो कुरा मिडियाले पनि बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । उनले केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेको गुनासो समेत गरे ।