१३ बैशाख २०८१, बिहीबार
Follow Us

धादिङ-नुवाकोट समाज युके वार्षिक भेटघाट (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७५, आईतवार १९:०२

लण्डन । धादिङ र नुवाकोट जन्म भई बेलायतमा बसोवास गर्दै आएका नेपालीको साँझा संस्था धादिङ–नुवाकोट समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
लण्डनस्थित साउथ ह्यारो फुटवल कल्वमा धादिङ नुवाकोट समाजले विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

बिगत ११ बर्ष देखी कृयाशिल यस संस्था केहि बर्ष देखी अत्यन्तै सकृय सामाजिक संस्थाको रुपमा स्थापित छ ।
कार्यक्रममा धादिङ र नुवाकोटमा जन्म भई बेलायतलाई मुल कर्मथलो बनाएर बसोवास गर्नेहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । भेटघाट कार्यक्रममा धादिङ नुवाकोट समाजका अध्यक्ष चोक तामाङले आफ्नो जन्मभुमिको सम्झाना र सम्मान सो कार्यक्रमको आयोजना गरेको वताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले जिल्लावासीको भेटघाट कार्यक्रमले आफु जन्मेको माटोलाई सदैव सम्झाउने र जिम्मेवारी बोध गराउने बताए ।

उनले आफु जन्मेको ठाउँलाई विर्सन नदिने र सधै उन्नतीको पथमा अगाडी डोर्याउने प्रेरणा दिने वताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य तथा संस्थाका सल्लाहकार रामशरण सिम्खडाले धादिङ नुवाकोट समाजले दुई जिल्ला भौगोलिक, राजनीतिक र सामाजिक बिबिधतालाई चिर्दै एकअर्कालाई एकाकार गरेकोले यसको महत्व छुट्टै रहेको बताए ।

उनले आफ्नै चिरपरिचित मौलिक शैलीमा घोड़ा र खसीको कथा सुनाउंदै सामाजिक अभियान बिना स्वार्थ आफ्नो मातृभूमी प्रतिको कर्तब्यबोधका लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा जोनमोर यूनिवर्सिटीका एसोसियट डिन प्रा. पदम सिमखडा, पत्रकार महासंग यूके शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुब राज अर्याल, मेन्दोमाया परिवारका अध्यक्ष हरिसिं वाईबा, मे (री) बिष्णु घले, तमुधी यूकेका अध्यक्ष ज्ञाम गुरूङले शुभकामना मन्तव्य दिए।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दीप ब तामाड्गले गरेका थिए भने उपाध्यक्ष देरानी गुरूङले गरेकी थिईन ।

कार्यक्रममा दुवै जिल्लाको सामाजिक काममा सहयोग पुर्याउनु भएका बिभिन्न संघसँस्था तथा महानुभावहरूलाई सम्मान समेत गरिएको थियो ।

४ सयको उपस्थिती रहेको कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिक मिना लामा र नायिक छुल्ठिम गुरुङको प्रस्तुति दिए ।