१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्ट्याण्डवेल नेपाली समाजको भेला आगामी शनिवार

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७५, आईतवार २१:१९

लण्डन । लण्डनस्थित सेर्फटन काउन्सिल अन्तरगर्त स्ट्याण्डवेल क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको भेला हुने भएको छ ।

लण्डनस्थित हित्रो विमानस्थल देखी करिब १ माइलको दुरीमा रहेको सो क्षेत्रमा नेपाली समुदायको उपस्थित बढ्दै गए पछि त्यहाँस्थित नेपालीहरुले एक आपसमा चिनजान गर्ने उदेश्यले भेलाको आयोजना गरेका हुन् ।

आयोजक मध्य एक टिका लिम्बुका अनुसार सो भेला स्ट्याण्डवेल हाईस्ट्रिटमा अगष्ट १८ तारिख, शनिवार हुन लागेको हो ।

‘पहिलो पटक भेटघाट गर्ने योजना वनाएका छौं एकअर्का बीच चिनापरिचय गर्नेनै मुख्य उदेश्य हो’ लिम्बुले भने । ‘आगामी दिनमा सो क्षेत्रमा रहेका नेपालीहरुलाई कसरी संगठित गर्ने भन्ने वारेमा भेलामा छलफल हुने जानकारी लिम्बुले दिएका छन् ।

भेलालाई सफल पार्न रिसेप्सन तथा दर्ताको संयोजन भरत राई र प्रेम लिम्बुले गर्ने भएका छन् । यस्तै फुड एण्ड ड्रिकंको व्यवस्थापन हस्त सुहंग र टिका लिम्बु, मनोरन्जनको संयोजन सुष्मा लिम्वुलाई जिम्मा दिइएको छ । सो क्षेत्रमा करिव १ सय नेपाली परिवार वसोवास गर्दै आएको अनुमान रहेको छ।

स्ट्याण्डवेल निवासी अमृत गुरुङले नेपाली समुदाय बीच भेटघाटको आयोजना हुनु खुशीको कुरा भएको वताए । कार्यक्रम आयोजना गर्न त्यति सजिलो छैन् जोजस्ले सकृय भएर भेलाको आयोजना गर्नु भएको छ यो स्वागत योग्य कदम हो गुरुङले वताए ।

दिउँसो १२ देखी अवेर राति सम्म चल्ने सो भेलामा सहभागी हुन त्यहाँस्थित नेपाली समुदायलाई आयोजकले आग्रह गरेका छन् ।

यस्तै स्थानिय नविन थापाले नेपाली समुदायका बीच एकता आवश्यक रहेको वताउँदै सबै जना एकै ठाउँमा भेला भएर आआफ्नो आत्मियता साटासाट गर्नु राम्रो काम भएको जनाए ।