६ बैशाख २०८१, बिहीबार
Follow Us

विष्फोटनमा संलग्न रहेको आशङ्कामा पक्राउ

sarusaru
२८ श्रावण २०७५, सोमबार ०२:४५

विराटनगर – विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो ।

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।
रासस