१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१० बुद्धे घोषणापत्र जारी गर्दै एनआरएन यूके काउन्सिल बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७३, सोमबार ०७:३०

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको चौथो काउन्सिल बैठक सम्पन्न भएको छ । आइतवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले १० बुद्धे अल्डरशट घोषणपत्र जारी गरेको छ । १ सय भन्दा बढी संघसँस्थाको उपस्थित रहेको सो बैठकको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन, गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, यूरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, गैरआवासीय नेपाली सँघका सल्लाहकारहरु विश्वआर्दश पण्डित, डमर घले लगायतले शुभकामना मन्तब्य दिए ।

बैठकमा एनआरएन यूकेका काेषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव विजय लिम्बूले वार्षिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । राजेश पाठकले नेपाल हाउस सम्बन्धी अवधारण प्रस्तुत गरे । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष दासु पाण्डेले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जारी घोषणा पत्रमा दोहोरो नागरिकता, पुर्ननिमार्ण, विधानसंसोधन, भूपू गोर्खा, महिला तथा नेपालमा लगानीका बिषय समेटिएको छ । बैठकले मिस यूके नेपाल तनिसा रानालाई एनआरएन यूकेको गुडवील एम्बास्डर नियूक्त गर्ने निर्णय समेत गरेका छ ।


घोषणापत्रको पूर्णपाठ

गैरआवासीय नेपाली संघ बेलायत संघ संस्था प्रतिनिधिसभा २०१६ अल्डरशट घोषणापत्र

गैरआवासीय नेपाली संघ बेलायतको संसोधित बिधान २०१५ को मर्म र परिकल्पना अनुरुप बेलायतमा स्थापना भएर नेपाल र नेपाली समुदायको सेवामा सक्रिय रुपमा कृयाशील रहेका बिभिन्न संघ संस्थाहरुका प्रतिनिधी हरुको उपस्थितीमा ‘गैर आवासीय नेपाली संघ बेलायत -संघ संस्था प्रतिनिधी सभा २०१६’ बेलायत अल्डरसट स्थित एम्पायर हलको सभा कक्षमा लन्डन घोषणा पत्र जारी गर्दै भब्य रुपमा सम्पन्न भयो ।

गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा संयुक्त अधिराज्य बेलायतमा स्थापित भएर सक्रिय रहेका १०० भन्दा नेपाली संघ संस्था का प्रतिनिधी हरु गैर आवासीय नेपाली संघ बेलायत र संघ संस्था बीच एकता र भातृत्वको भावना अभिवृद्दी गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको उपयोग तथा कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्दी गर्ने बुँदाहरुमा केन्द्रित हुँदै घनिभूत छलफलमा सहभागी भए ।

गैर आवासीय नेपाली संघले अंगालेको विश्वव्यापी बृहत्तर अभियान, यसका प्राप्ति तथा बेलायतमा भए गरेका र गर्न सक्ने सम्भावित कार्य क्षेत्र अन्तर्गत सहभागी हरुलाई निष्कर्सात्मक छलफलका लागी दिईएका समसामयीक बुंदाहरु माथी आएका सुझाव हरुको आशयलाई लिपिवद्द गर्दै गैर आवासीय नेपालि संघ बेलायतद्वारा निम्न लिखित घोषणा पत्र जारी गरिएको छ ।

गैरआवासीय नेपाली संघ बेलायतको संशोधित विधान २०१५ को मर्म र परिकल्पनाअनुरुप बेलायतमा स्थापना भएर नेपाल र नेपाली समुदायको सेवामा सक्रियरुपमा क्रियाशील रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ‘गैरआवासीय नेपाली संघ बेलायतका संघसंस्था प्रतिनिधी सभा २०१६’ बेलायत अल्डरसट स्थित एम्पायर हलको सभा कक्षमा लन्डन घोषणापत्र जारी गर्दै सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा संयुक्त अधिराज्य बेलायतमा स्थापित भएर सक्रिय रहेका सयभन्दा नेपाली संघसंस्थाका प्रतिनिधिहरु गैरआवासीय नेपाली संघ बेलायत र संघसंस्था बीच एकता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको उपयोग तथा कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्ने बुँदाहरुमा केन्द्रित हुँदै घनिभूत छलफलमा सहभागी भए ।

गैर आवासीय नेपाली संघले अंगालेको विश्वव्यापी बृहत्तर अभियान, यसका प्राप्ति तथा बेलायतमा भए गरेका र गर्न सक्ने सम्भावित कार्य क्षेत्र अन्तर्गत सहभागी हरुलाई निष्कर्सात्मक छलफलका लागी दिईएका समसामयीक बुंदाहरु माथी आएका सुझाव हरुको आशयलाई लिपिवद्द गर्दै गैर आवासीय नेपालि संघ बेलायत द्वारा निम्न लिखित घोषणा पत्र जारी गरिएको छ ।

१. गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधान नेपालको नयाँ संविधानमा व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै एक पटकको नेपाली संधैको नेपाली भन्ने नाराको मूल मर्मअनुरुप कुनै संकुचनबिना वंशजकै आधारमा सम्पूर्ण अधिकारसहितको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गर्नेतर्फको परामर्श थालियोस् भन्ने माग गर्दछ ।
साथै संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने विभिन्न ऐन, तथा नियमहरुको निर्माण कार्यमा गैरआवासीय नेपाली संघको परामर्श लिँदै नागरिकता सवालमा गैरआवासीय नेपालीको भावना र मर्मलाई समेट्दै सीमितताबिनाको सहज प्रावधानहरुको व्यवस्था होस् भन्ने कुरामा समेत गैरआवासीय नेपाली संघ बेलायत जोडदार माग गर्दछ ।
साथै नागरिकता निरन्तरताको विषयमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयमा हुने अभियानहरुमा बेलायतका नेपालीहरुको तर्फबाट यहाँस्थित नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै गैरआवासीय नेपाली संघ बेलायत अग्रसर बन्न कुरासमेत यस अवसरमा जानकारी गराउँछौ ।

२. गतवर्षको विनासकारी भूकम्पपश्चात्को पुनरर्निर्माणको यथाशीघ्र सम्पन्नताको कामना गर्दै गैरआवासीय नेपाली संघले नेपालमा शुरु गरेको पुनर्निर्माण अभियानमा बेलायतमा रहेका संघ संस्थाहरुको विगतमा जस्तै सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछ । साथै गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा भूकम्प पीडितहरुको पुनर्वासको निम्ति एक हजार घर निर्माण गर्ने अभियानलाई सफल तुल्याउन नेपाल सरकारले हर तवरले खेल्नु पर्ने सहयोगी भूमिका निभाओस् भन्ने आग्रह गर्दछौ ।

३. बेलायतमा सम्पूर्ण नेपालीहरुको साझा पहिचानको रुपमा स्थापित हुने गरी गैरआवासीय नेपाली संघ बेलायतले शुरु गरेको नेपाल हाउस निर्माण अभियानमा बेलायतका नेपाली संघ संस्थाको पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता आजको सभाले व्यक्त गरेअनुरुप बेलायतमा हाम्रो भविष्यको नेपाली एकता र गौरवको अधारको रुपमा रहने यो नेपाल हाउस परियोजनालाई सफल तुल्याउन सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हुनसमेत बेलायतका सम्पूर्ण नेपाली संघसंस्था तथा जनमानसमा गैरआवासीय नेपाली संघ बेलायत सादर अनुरोध गर्दछ ।

४. बेलायतमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु मार्फत गैरआवासीय नेपाली संघ बेलायत आम नेपाली जनमानस समक्ष पुग्नको लागि यथाशीघ्र पहलकदमी शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैर आवासीय नेपाली संघ बेलायतको संशोधित विधानको मर्मअनुरुप क्षेत्रीय अवाधरणाको मोडालिटीमा टेक्दै संयुक्त अधिराज्य बेलायतमा नेपालीहरुको बाक्लो बस्ती रहेका स्थानहरुमा शाखा विस्तार गर्दै संस्थाको आम दायरा फराकिलो बनाउने कार्य माथिको प्रयास शुरु गरिने जानकारीसमेत गैरआवासीय नेपाली संघ बेलायत यस अवसरमा उल्लेख गर्न चाहन्छ ।

५. बेलायतलगायत विदेशमा रहेका गैरआवासीय नेपालीहरु छुट्टी विदा मनाउन तथा व्यावसायिक प्रयोजनको लागि नेपाल जाने अवस्थामा नेपालमा रहेको अध्यागमन तथा भन्सार विभागमा देखापरेका कठिनाइहरुलाई तुरुन्त सम्वोधन गर्न जोडदार माग गर्दछौ । साथै, नेपाल सरकारले व्यक्तिगत प्रयोजनको लागि लैजाने सामग्री तथा गरगहनाको संख्या सीमाको कटौती गर्ने उद्देश्यले हालै ल्याएको कानुनी प्रावधानको पुनरावलोकन गर्नसमेत माग गर्दछौ ।

६. संसारमा वीर गोर्खालीको पहिचान कमाएका नेपालीहरु प्रति बेलायत सरकारको विभेदकारी नीतिको भत्सना गर्दै उनीहरुलाई बेलायती समकक्षी सरहको सेवा सुविधा प्रदान गराउने कार्यमा विभिन्न गोर्खा संगठन, नेपाल सरकार र बेलायत सरकारको ध्यानाकर्षण गराउदै आवश्यकताअनुरुप समन्वय गर्ने कार्यमा अग्रसरता लिने जानकारी गैरआवासीय नेपाली संघ बेलायत यस अवसरमा प्रदान गर्दछ । साथै सेवा निवृत्त बिशेषत वृद्ध गोर्खा सैनिकहरुको सामुदायिक वेलफेयरमा समेत गैरआवासीय नेपाली संघ बेलायतले आगामी दिनमा भूमिका खेल्दै जाने प्रतिवद्धता ब्यक्त गर्दछौं ।

७. बेलायतमा रहेका नेपालीहरुको नयाँ पुस्ता तथा आम महिलालाई संघको अवद्धतामा ल्याउनको लागि संघको मातहतमा पूर्वगठित युवा तथा महिला फोरमलाई सक्रिय र प्रभावकारी तुल्याउदै यस सम्वद्ध विभिन्न कार्यक्रमहरुको आयोजनामार्फत युवा तथा महिला प्रभावकारितालाई ब्यापक रुपमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

८. गैरआवासीय नेपालीहरुप्रति नेपालमा लगानी मैत्री वातावरणको सिर्जनामा जोड दिँदै बेलायतमा रहेका नेपालीहरुलाई सामूहिक तथा एकल लगानीको लागी ठोस कार्ययोजना ल्याउने नीति अवलम्बन गर्दै त्यसको व्यवहारिक कार्यान्वयनतर्फ गैरआवासीय नेपाली संघ बेलायत उन्मुख बन्नेछ भन्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।

९. गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान, सिप र दक्षता नेपालको विकासमा समाहित गर्नको लागि संघका विभिन्न प्राविधिक र पेशागत शाखाहरुको स्थापना र परिचालनमार्फत् देश विकासमा टेवा पु¥याउन गैरआवासीय नेपाली संघ बेलायतले अग्रणी भूमिका निभाउन संघको क्रियाशीलतालाई अगाडि बढाइने छ ।

१०. गैरआवासीय नेपाली संघ बेलायतले आयोजना गरेको संघसंस्था प्रतिनिधिसभामा सक्रिय सहभागिता जनाएर आ–आफ्नो तर्फबाट अमूल्य बिचार, सहयोग र सल्लाह पु¥याउनु हुने अतिथि, प्रतिनिधि, सल्लाहकारलगायत सम्पूर्णमा गैरआवासीय नेपाली संघ बेलायत हार्दिक आभार व्यक्त गर्दछ ।

धन्यवाद ।

संघ संस्था प्रतिनिधी सभा २०१६, गैरआवासीय नेपाली संघ बेलायत

बोधार्थ :
गैर आवासीय नेपालि संघ , अन्तर्राष्ट्रिय समन्यव परिषद
नेपाल सरकार , परराष्ट्र मन्त्रालय

नोट टिपोट : १ कृष्ण भट्टराई
२ बाचस्पती रेग्मी
३ केसव भण्डारी
घोषणपत्र ड्राफ : फडिन्द्र भट्टराई

14233075_1197870396939076_5443736952406668507_n

14237702_1197869966939119_606124008643798489_n

14292394_1197869626939153_8657134597805282063_n

14292528_1197869476939168_3510030471874301028_n

14317572_10207423517527307_5566408237790974664_n

14322234_1197869403605842_7069866021995128723_n

14322726_1197869153605867_5910527688622481709_n

14344896_1197870226939093_8431008276679110868_n