१३ बैशाख २०८१, बिहीबार
Follow Us

सहमति कार्यान्वयन गर्न राजपाको माग

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०५:२५

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।