२६ बैशाख २०८१, बुधबार
Follow Us

निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न आग्रह

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०५:३९

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्ने लगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धि समस्या स्वतस् समाधान हुने पनि स्पष्ट पार्नु भयो ।

‘नेपालको निर्वाचन कानुनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान राख्नु भयो ।  प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । ।

पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिनु भयो । सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीले निर्वाचन कानुन सुधारको आवश्यक्ता र औंचित्यको बारेमा बोल्नु भएको थियो ।