१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज साउनको अन्तिम सोमबार

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०५:४४

काठमाडौं । साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

आजको दिन व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्दछ । यसैबीच भक्तपुरको डोलेश्वरमा पनि सोमबारे मेला लागेको छ ।