११ बैशाख २०८१, मंगलवार
Follow Us

इलाममा बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०९:४५

इलाम । इलाममा स्कुल बस दुर्घटना हुँदा चौध विद्यार्थी घाइते भएका छन् । मेचि राजमार्गको इलाम नगरपालिका १ बागखोर बजारमा मे १ ख १९ सय ५५ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ ।

अन्य ११ घाइतेलाई थप उपचारका लागि विर्तामोडको बि एण्ड सी अस्पतालमा पठाइएको छ । इलाम पाँचथरको सीमाना राँके बजारबाट आशदिप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्से बजार आउँदै गरेको स्कुल बस सडकबाट बरिब २० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले बसका चालक देउमाई नगरपालिका १ बस्ने दिलबहादुर मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।