१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शोक प्रस्ताव पारित

sarusaru
२८ श्रावण २०७५, सोमबार ११:१७

काठमाडौँ – राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो । पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो भने पछि गोर्खा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बन्नुभएको थियो ।
बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाउनुभएका स्व राणाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत ग¥यो । राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ बजे बस्नेछ ।
रासस