७ बैशाख २०८१, शुक्रबार
Follow Us

२ नम्बर प्रदेशका मन्त्री अभिराम शर्मा रिहा

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार १३:२६

जनकपुर । जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमन बिक हत्याको अभियोग लागेका दुई नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई साधारण तारेखमा रिहा गरेको छ । सोमबार नै अदालतमा आत्मसमर्पण गरेका शर्मालाई अदालतले थुनछेक बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

उनीमाथि तराइ मधेसका आन्दोलनकारीको कुटाइबाट सख्त घाइते भई एम्वुलेन्समा उपचारका लागि अस्पताल लैजादै गरिएका बिकको हत्याको अभियोग छ । उच्च अदालत जनकपुरले पक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा उपस्थित भएका हुन । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा राज्यमन्त्री शर्मासहित २८ जनाविरुद्ध मुद्दा लागेको छ ।

२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा असइ विकको हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरिसकेको छ ।