१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्वामी अरुण बेलायत आउनुहुँदै

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७५, सोमबार १९:१७

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण यही अगष्ट २१ तारिखका दिन लण्डन आइपुग्दै हुनुहुन्छ।

आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।

आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले यही अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ
CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ।

यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा “आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने” भन्ने विषयमा प्रवचन दिनुहुनेछ। सो कार्यक्रम विश्वहिन्दु महासंघ युकेसंगको सहकार्यमा आयोजना गर्न लागिएको हो।

स्वामी अरुणले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्रमा अगष्ट २३ तारिख तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा अगष्ट २८ तारिखका दिन पूर्ण दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने पनि आयोजक ओशो क्याम्प युकेले जनाएको छ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय तथा एकदिवसीय ध्यान शिविर एवम् सत्संग लगायतका कार्यक्रममा सपरिवार सहभागी हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले भन्नुभयो।

स्वामी अरुणले गत १२ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ। “राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो।

https://www.oshoanandbodhilondon.co.uk/2018-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।