११ बैशाख २०८१, मंगलवार
Follow Us

साँसद रेग्मीसँग बेल्जियममा अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७५, सोमबार २२:१५

लुभेन । एनआरएन बेल्जियमको आयोजनामा नेपाल महिला सँघकी केन्द्रीय अध्यक्ष एवँ साँसद उमा रेग्मीसँग हिजो १३ अगस्टमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा साँसद रेग्मीले आम एनआरएनहरुको राष्ट्रप्रेमप्रति सम्मान जनाउदै विकासका साझेदार तथा सकरात्मक परिवर्तनका सँवाहक रुपमा चित्रण गर्नुभयो । उहाँले एनआरएनहरुका हक अधिकार तथा कानूनी रुपमा सँरक्षणका लागि आफू र आफनो दलको प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको आशनबाट बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले बैदेशिक रोजगारी तथा एनआरएन सँग सम्बद्ध कुटनैतिक र कानूनी जटिलतावारे चर्चा गर्दै निराकरणका सम्भावनाबारे प्रकाश पार्नु भयो ।
सोही अवसरमा पूर्व सभासद एवँ आदिवासी जनजाति महासँघको पूर्व केन्द्रीय सदस्य नगेन्द्र कुमालले आफूहरु केही समूह विशेषका लागि भन्दा पनि सवै पक्षको अधिकारको लागि लागिरहेको र एनआरएनको अधिकारको सँरक्षणमा पनि सँगै रहेको जानकारी दिनुभयो भने एनआरएनकी केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारीले एनआरएनका समस्या र समाधानबारे ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रमको आरम्भमा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल र निवर्तमान अध्यक्ष गँगाधर गौतमले सँयुक्त रुपमा अतिथीहरुलाई सम्मान गर्नु भएको थियो । अन्तक्रियामा एनआरएन केन्द्रका पदाधिकारी, यूरोप सँयोजक, विविध परियोजना प्रमुख, अनरी काउन्सिलर, अन्य सँघसँस्थाका प्रमुख।प्रतिनिधिको सहभागिता थियो भने जनप्रगतिशील मँच बेल्जियमका अध्यक्ष जीत लामा, आदिवासी जनजाति महासँघका का.वा. अध्यक्ष बाबुराज लामा, एनआरएनकी केन्द्रीय महिला सँयोजक रजनी प्रधान, एनआरएन बेल्जियमका प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारी, कल्पना मगरले एनआरएन र राष्ट्रिय परिस्थितिबारे जिज्ञासा राख्नु भएको थियो ।
अध्यक्ष लोक दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल पन्थीले र सँचालन प्रवक्ता दीपेन्द्र केसीले गरेका थिए ।