१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा साहित्यकार डा तुलसी दिवश र डा गोविन्दराज भट्टराईलाई अभिनन्दन

sarusaru
२९ श्रावण २०७५, मंगलवार ०७:२७

बेलायत । बेलायतस्थित नेपालीको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले वरिष्ठ साहित्यकारद्वय प्राडा तुलसी दिवश र प्रा डा गोविन्दराज भट्टराईलाई अभिनन्दन गरेको छ।

विगत चार दशक बढी समयदेखि अनवरतरूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै बेलायतमा उनीहरुलाई सम्मान गरिएको हो। नेपाली साहित्यको विश्वव्यापी विकास र संचार गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै दुबै जनालाई बेलायतमा अभिन्नदन् गरिएको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

बेलायतको एेतिहासिक सहर केन्टबरी स्थित केन्टबरी चर्च युनिभर्सिटीमा सम्पन्न दोस्रो विश्व साहित्य सम्मेलन समारोहमा बेलायतमा रहेका समस्त साहित्यकारको तर्फबाट नेपाली साहित्य विकास परिषद यूकेले अभिनन्दन तथा सम्मान गरेको हो।

परिषदका संरक्षक प्रमुख अतिथि महामहिम राजदूत डा दुर्गाबहादुर सुवेदीले कर्तल ध्वनीका साथ वरिष्ठ साहित्यकारद्वय प्रा डा तुलसी दिवश र प्राडा गोविन्दराज भट्टराईलाई सम्मान गरेका थिए।

त्यसपछि परिषद्का अध्यक्ष कोमल मल्लले उक्त अभिनन्दन सम्मानपत्र वाचन गरेर सुनाएका थिए।

यसैगरी समारोहमा वरिष्ट साहित्यकार खगेन्द्र संग्रौला, पूर्व राजदूत प्रा नवलकिश्वर राई, गीतकार भावेश भूमरी, शिला सेरिगड लगायतका अतिथि साहित्यकारहरूमा परिषदका संस्थापक सुरेश जंग शाह, अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, पूर्व अध्यक्ष हरिसिँह थापा, सल्लाहकार घन बहादुर थापा,उपाध्यक्ष डा सुधा श्रेष्ठ, महासचिव वीरेन्द्र कुँवर, कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बर सिँह र कल्पना आङ्बुहाङ लगायतले स्वागत सम्मान तथा उपहार अर्पण गरेका थिए।
डिसी नेपाल